लागू औषध सहित महिला पक्राउ

असल शासन प्रतिनिधि

बाँके/ठुलो परिणामको लागू औषध सहित एक जना महिलालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले सोमवार बिहान नेपालगञ्जको बसपार्कबाट उनलाई पक्राउ गरेको हो ।

वसपार्क सडक खण्डमा संकास्पद अवस्थामा रहेकी हुम्ला नाम्खा गा.पा.वडा नं.१ घर बताउने वर्ष ३९ कि खण्डु तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा निजले लगाएको सुरुवालको दायाँ तर्फको खल्ती ६ ग्राम ब्राउनसुगर, निजले भिरेको भन्टा कलरको झोला बाट १ हजार ५ सय १५ थान नाईट्राजेपाम ट्याव्लेट प्रहरीले बरामद गरेको हो ।

यसैगरी बाँके प्रहरीले बैंकिंग कसुरमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका वडानम्वर ३ का बसन्त लाल थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ् कसुर मुद्दामा जिल्ला अदालत बाँकेले फाल्गुण ५ गते चार लाख नौ हजार सात सय दश रुपैयाँ जरिवाना तोकिएकोमा थारु हाल सम्म फरार रहेको थिए । उनलाई पक्राउ गरि अदालत बुझाएको प्रहरीले जनाएको छ ।

 

 

 

 

  • ७ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech