पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो

असल शासन प्रतिनिधि

काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आयल निगमका अनुसार भाद्र ७ गते राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मटिटतेलमा प्रति लिटर २ रुपैयाँ बढेको छ भने एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४ सय ५० कायम गरिएको छ ।यसैगरी निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको जनाएको छ ।

  • ७ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech