ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु, पूर्वपश्चिम राजमार्ग अबरुद्ध

असल शासन प्रतिनिधि

धनगढी / ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएपछि स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
कैलाीको गौरीगंगा नगरपालिकाको राजीपुरमा ग १ ख ६४४१ नम्बरको ट्रकले गौरिगंगा नगरपालिका ४ का ४० वर्षीय मानसिहँ गुर्धामीलाई ठक्कर दिएपछि उनको घट्ना स्थलमा नै मृत्य भएको थियो । स्थानीयको मृत्यु भएपछि स्थानीयहरुले पिडितलाई क्षतिप्रर्तीको माग गर्दै उक्त सडक खण्ड अबरुद्ध गरेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। पैदलयात्रीलाई ठक्कर दिने ट्रकका चालक उदयपुर हर्जेनी गाँउपालिका ३ टेकराज खत्री रहेको बुझिएको छ । प्रहरीले ट्रक चालक खत्रीलाई नियन्त्रणमा लिएको छ। यसरी राजमार्ग अबरुद्ध भएपछि हजारौको सख्यामा यात्रुहरु अलपत्र परेको स्थानीयहरुले बताएका छन् ।

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech