कक्षा १२ को परिक्षा तत्काल गराउन सरकारलाई निर्देशन

असल शासन प्रतिनिधि

काठमाडौं / कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमा गराउन निर्देशन गरिएको छ ।
भाद्र ८ गते मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले नेपाल सरकारलाई परीक्षा भौतिक उपस्थितीमा तत्काल गराउन निर्देशन दिएको हो।
समितिले अन्य परीक्षाहरु भइरहेको अवस्थामा कक्षा १२ को परीक्षा गर्न सकिने निष्कर्ष सहित परिक्षा गराउन सरकारलाई निर्देशन दिएको बताईएको छ। यस अघि कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि तय गरिएको परीक्षा स्थगित भएको थियो ।

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech