नेपाली क्रिकेट टिम ओमान प्रस्थान

असल शासन प्रतिनिधि

काठमाडौँ / विश्वकप लिग २ अन्तरगत त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टोली ओमान प्रस्थान गरेको छ ।
भदौ २८ गते देखि असोज ४ गते सम्म ओमान हुन लागेको सिरिजका लागि नेपालका तर्फबाट १७ खेलाडी सहित २२ सदस्सीय टोलीको आज विदाई गरिएको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाल, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहल गायत पदाधिकारीले बिदाइ गरेका छन् । नेपाली टिममा कप्तान ज्ञानेन्द्र मल्ल, गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव रहेका छन्। टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित समेत टोलीमा रहेको क्यानले जनाएको छ ।
ओमान र अमेरिका सहितको त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई÷दुई खेल खेल्नेछ । त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले भदौ २० र २३ गते पपुवा न्यूगिनी सँग दुई एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ । आज बिहान ९ बजे मस्कट एयरको विमानबाट नेपाली टिम प्रस्थान गरेको हो।

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech