मोटरसाईकलमा लगेर भिनाजुद्धारा साली बलात्कृत

दुई युवाद्धरा किशोरीलाई घर छोडीदिने भन्दै बिच बाटोमा पर्ने जंगलमा लगेर बलात्कार गरेको किशोरीको आरोप, किटानी जाहेरी पछि दुवै युवा प्रहरी नियन्त्रणमा ।

अशोक रावल

अछाम / अछामको पञ्चदेवल विनायक नगरपालिकाका किशोरीलाई मोटरसाईकलमा घर पुर्याईदिने भन्दै बलात्कार गरेको आरोपमा स्थानीय दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पन्चदेवल विनायक नगरपालिकाका वडा नम्बर ७ पुलेतलाका २४ वर्षीय जनक बटाला र वडा नम्बर ६ तोली सेलगाउँका २५ वर्षीय महेन्द्र रावललाई किशोरीको किटानी जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पिडित वालिकाको जाहेरीमा भाद्र ५ गते विनायक बजारबाट घर पुर्याईदिने भन्दै मोटरसाइकलमा लगेर बाटोमा बलात्कार गरेको आरोप छ। घट्नाका बारेमा पिडित बालिकाले किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले ति युवालाई पक्राउ गरेको छ । प्राप्त जानकारी अनुसार दुई जना किशोरीहरु भाद्र ५ गते स्थानीय विनायक बजारमा लाग्ने मष्टुमाण्डु मेला गएका थिए । पिडक मध्येका महेन्द्र शाहीको आफ्नै साली नाता पर्ने एक किशोरी र उनकी साथि लाई दुई जनाले घर पुरर्याईदिने भन्दै मोटरसाईकलमा लगेका थिए । बजारबाट करिब १५ देखि २० मिनेट पर्ने बाटोको बिचमा पर्ने टोट्केसालको जंगलमा ति दुई युवाले दुई किशोरीलाई बलात्कार गरेको बताईएको छ । घट्नाको आरोपित किशोरीहरु मध्ये एक एक किशोरीले बलात्कार भएको भन्दै उजुरी दर्ता गरेकी छिन् भने सँगै रहेकी अर्की किशोरीले भने बलात्कार गरेको अस्विकार गरेको श्रोत बताउछ । घट्नाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो समाचार तयार पार्दा सम्म बलात्कारको जाहेरी दर्ता गर्ने किशोरी र बलात्कारमा संलग्न युवकहरु जिल्लामा रहेको बताईएको छ । बलात्कारको आरोप लागेका दुबै युवाहरु विवाहीत रहेको श्रोतको दाबी छ ।

  • ९ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech