मेलमिलापकर्ता समितिको संयोजकमा शिब

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका स्तरीय मेलमिलापकर्ता समितिको संयोजकमा शिव कुमार वर्मा चयन भएका छन् ।
नेपालगंज उपमहानगरपालिका उप प्रमुख तथा नेपालगन्ज उपमहानगरपालिका न्यायिक समिति संयोजक उमा थापामगरको अध्यक्षतामा बुधबार भएको भेलाले नौ सदस्यिय नगर स्तरीय मेलमिलाप समिति चयन गरेको छ। यसरी चयन भएको समितिको उपसंयोजकमा उषा गौतम, सचिवमा मधु पौडेल र सदस्यहरुमा क्रमशः अस्मिता शाह महतरा, गगन पुन, कविता क्षेत्री, इन्दु पौडेल अधिकारी, शिवराज सिग्देल र राधेश्या वर्मा रहेका छन् ।

  • ९ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech