भेरी अस्पतालमा बच्चा साटियो

असल शासन प्रतिनिधि

भेरी अस्पतालमा बच्चा साटियो

नेपालगन्ज/ भेरी अस्पतालको चरम लापरबाहीका कारण बच्चा साटिएको छ ।

बुधवार दिउसो जिबित बच्चा र मृत बच्चा साटिएको हो ।

मृत बच्चालाई सिमलघारि निवासि गोविन्द बि.क.को आज जन्मेको बच्चा साटिएको बताईएको छ ।

अस्पतालले गोबिन्दलाई तपाईंको बच्चा मृत रहेको भनि दिए पछि निराश भई गोबिन्द लगायत मानखोला बच्चा गाड्न गएका थिए । बच्चा गाड्ने तयारी भईरहँदा अस्पतालले दिएको पर्चामा कसैको आँखा पर्यो । जसमा बच्चाको नाम गिता थारु लेखिएको थियो ।

उक्त पर्चाबाट आफ्नो बच्चा साटिएको थाहा पाएर गोबिन्दहरु नेपालगन्ज भेरी अस्पतालमा फर्किए । सो बिषयमा अस्पताल र पीडित पक्ष बिच बुधबार अबेर राती सम्म विवाद भईरहेको बुझिएको छ ।

यस बिषयमा भेरी अस्पताल बिकास समिती सदस्य कृष्ण प्रसाद श्रेष्ठले घटनाको बिषयमा छानबिन भई दोषीलाई कार्वाही हुने बताए ।

  • ९ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech