दूर्घटना न्यूनीकरणका लागि रिफ्रेस सेन्टर सञ्चालन

असल शासन प्रतिनिधि

डोटी / बढ्दो सवारी दूर्घटना न्यूनीकरणका लागि डोटीको बुडरमा सवारी रिफ्रेस सेन्टर सञ्चालन गरिएको छ ।
सुदुरपश्चिम प्रदेशको अत्तरीया डडेल्धुरा सडक खण्ड अन्तरगत भीमदत्त राजमार्गको बुडरमा उक्त रिफ्रेस सेन्टर स्थापना गरिएको हो । अस्थायी ट्राफिक प्रहरी पोष्ट बुडरले हेर्ने गरी उक्त सडक खण्डमा चल्ने सवारी साधनहरुले अनिवार्य सेन्टरमा सवारी रोकेर आराम गरेर मात्रै जान मिल्ने नियम बनाईएको छ । ट्राफिक प्रहरी पोष्ट बुडरले दिएको जानकारी अनुसार उक्त सेन्टरमा चालकले कम्तिमा आधा घण्टासम्म सवारी रोक्नु पर्ने ब्यवस्था गरिएको छ । सो अवधिका लागि सेन्टरमा आधा घण्टा चालक र यात्रुहरुले आराम गर्ने गरी व्यवस्थापन गरिएको छ । सो समय अवधिमा ट्राफिक प्रहरीले सुरक्षित सवारी सञ्चालन र ट्राफिक नियमको बारेमा कक्षा दिने गरेको बताईन्छ ।
पहाडी जिल्लाहरुमा सवारी दूर्घटना बढ्न थालेपछि त्यसको न्यूनीकरणका लागि सेन्टर स्थापना गरिएको र सुदुरपश्चिम प्रदेशका अन्य जिल्लाहरुमा समेत रिफ्रेस सेन्टर सञ्चालनको तयारी भईरहेको प्रहरीले जनाएको छ ।

  • १० भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech