अफगानिस्तानमा आत्मघाती बिस्फोट ४० को मृत्यु १२० घाईते

असल शासन प्रतिनिधि

काठमाण्डौं /अफगानिस्तानको राजधानि काबुल स्थित हामिद कारजाई विमानस्थल बाहिर दुई ओटा भयानक बिष्फोट भएको छ ।
बिहीबार साँझ सात बजे देखि ८ बजे सम्म दुई पटक आत्मघाती बिस्फोट भएको बताईएको छ। यसरी भएको बिस्फोटमा परी हालसम्म ४० जनाको मृत्यु भएको छ भने १२० जना घाईते भएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालय श्रोतले जनाएको छ । धमाकामा ४ अमेरीकी सैनिकको समेत मृत्यु भएको बताईएको छ । धमाका भए लगत्तै अमेरीका, ब्रिटेन, भारत लगायत देशहरुले आपतकालिन बैठक बोलाएको बताईएको छ ।
अमेरिका, ब्रिटेन, अस्ट्रेलिया लगायतका देशहरुले बिहीबार एक सूचना जारी गर्दै काबुल विमानस्थलमा सुरक्षा जोखिम रहेको भन्दै आफ्ना नागरिकलाई विमान स्थल भन्दा टाढा बस्न अपिल गरेको थियो । अफगानिस्तानमा भएको बिष्फोट आतंककारी संगठमन आईएसआईएसले गरेको तालिबान प्रबक्ताले बताएको छ । हजारौको सख्यामा रहेका नागरिकहरुको बिचमा भएको उत्त बिष्फोटले बिस्वका देशहरुलाई थप त्रसित बनाएको छ ।

  • १० भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech