मानव बेचविखन बिरुद्व सहकार्य आवश्यक

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/खजुरा गाउँपालिकामा मानव वेचविखन नियन्त्रणका लागि भएका विभिन्न गतिविधि तथा कार्यहरु सार्वजनिक गरिएको छ ।

शुक्रबार खजुरामा अयोजित कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले खजुराले पालिका र वडा स्तरीय समिति निर्माण गरिएको, कार्यविधि निर्माण भएर पास भई कार्यान्वयनमा रहेको, कार्ययोजना निर्माण भई कार्यान्वयनमा रहेकोे, दिवस तथा उत्सवहरुमा अभियान संचालन गर्ने गरिएको तथ्यांक संकलन पीडित तथा प्रभावितहरुको अभिलेखिकरण, पालिकामा भएका मनोरञ्जन क्षेत्रका तथ्यांकका लागि शुरुमा सूचिकृतका लागि पहल, बैदेशिक रोजगारमा जाने युवालाई २ दिने तालिम गरिएको लगायतका को विषयमा प्रतिवेदन सार्वजनिक गरेकी हुन् ।

कार्यक्रममा उपाध्यक्ष बिकले दीर्घकालीन रुपमा मानव बेचविखन नियन्त्रणका लागि सरोकारवाला निकाय सक्रिय हुनु पर्नेमा जोड दिँदै विभिन्न शाखाहरुले सीपमुलक तालिम मार्फत रोजगारी सिर्जना गर्दै आएको बताइन । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले मानव वेचविखन नियन्त्रणका लागि नीतिगत रुपमै आवधिक र वार्षिक योजना तय गरेर जानु पर्नेमा जोड दिए । महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले मानव वेचविखन विरुद्ध सरोकारवाला निकाय समन्वय गरेर जानु पर्ने बताइन । इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी नायव निरीक्षक पुष्करराज जोशीले २ वर्षको अवधीमा खजुराका २ जना किशोरीको उद्दार गरिएको जानकारी दिँदै बेचविखन ठूलो रोग भएकाले निवारणमा मानवीय धर्म सोचेर लाग्नु पर्ने बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य योगमाया खनाल, विज्ञ समूहका सदस्य भक्तबहादुर केसी, पूर्णचन्द्र उपाध्याय, वडा नं. ३ का महिला सदस्य देउमाया थापा, किशोरी क्लव संजाल खजुराकी अध्यक्ष चेतना क्षेत्री, बाल क्लव संजाल खजुराकी अध्यक्ष मञ्जु थापा लगायतले नीति बनाएर दीर्घकालीन रुपमा समाधानका उपाय खोजेर अगाडि बढ्न विभिन्न सुझाव पेश गरेका थिए । मानव वेचविखन ओसारपसार नियन्त्रण स्थानीय समिति खजुरा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला र वीनरक इन्टरनेशनलका फिल्ड संयोजक कमला पन्तले सहजीकरण गर्दै खजुराले मानव वेचविखन नियन्त्रणमा गुेका प्रयासमा आफुहरुको सहकार्य रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

  • ११ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech