गाँउपालिका अध्यक्ष यादवको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवको शुक्रबार राती मृत्यु भएको छ ।
निम्न रक्तचापको समस्या देखिएपछि नेपालगन्जको नर्सिङ्गहोममा भर्ना भएका अध्यक्ष यादवको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि शुक्रबार साझँ करिब ६ बजे उनलाई अस्पताल भर्ना गरिएको थियो तर उनको स्वास्थ्यमा सुधार नभएपछि राति १ बजे तिर उनको निधन भएको थियो । अध्यक्ष यादवको शवलाई विहान घर लगिएको छ पारिवारिक श्रोतले जनाएको छ ।
शान्त स्वभावका अध्यक्ष यादव २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट चुनाव जितेर गाउँपालिका अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । उनको मृत्युले सिंगो गाउँपालिकासँगै आफन्त सुवेच्छुक शोकमा छन् ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech