अध्यक्षको निधनमा एक दिन शोक बिदा

गाउँपालिकाले अध्यक्ष यादवको निधनको शोकमा गाउँपालिका भित्रका सबै सरकारी, गैरसरकारी कार्यालय, संघसंस्था तथा शिक्षण संस्थाहरुमा भाद्र १३ गते शोक बिदा गर्ने रगाउँपालिका कार्यालयमा ३ दिन राष्ट्रिय झण्डा आधा झुकाउने ।

असल शासन प्रतिनिधि

नेपालगन्ज / जानकी गाउँपालिकाले अध्यक्ष राम निवास यादवको निधनको शोकमा एक दिन शोक विदा दिने निर्णय गरेको छ ।
जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाद्धारा हस्ताक्षरीत सुचनामा अध्यक्ष यादवको मृत्युले सिंगो गाउँपालिका परिवार स्तब्ध भएको जनाएको छ । यस दुःखद घडीमा गाउँपालिका भित्रका सबै सरकारी, गैरसरकारी कार्यालय, संघसंस्था तथा शिक्षण संस्थाहरुमा भाद्र १३ गते शोक बिदा गर्ने सुचनामा उल्लेख गरिएको छ । यसैगरी गाउँपालिका कार्यालयमा ३ दिन राष्ट्रिय झण्डा आधा झुकाउने सुचना मार्फत जानकारी गराएको छ ।
गाउँपालिका अध्यक्ष यादवको शुक्रबार राति १ बजे निम्न रक्तचापका कारण नेपालगन्ज स्थित नसिंङ्गहोसममा निधन भएको थियो ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech