रिसको झोकमा श्रीमानको हत्या

असल शासन प्रतिनिधि

तुलसीपुर । दांगको तुलसीपुरमा श्रीमतीले हसिया प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सुन्दर टोल निवासी ५६ बर्षीया देविकुमारी योगीले ७८ बर्षीय श्रीमान खिमलाल पुरीकाे हसिया र बासको लठ्ठी प्रहार गरी हत्या गरेकी छिन् । प्राप्त जानकारी अनुसार शनीवार राति श्रीमान श्रीमतीको बिचमा घरायसी झगडा भएको र झगडा बढ्दै गएपछि रिसको झोकमा मध्य राती धारीलो हतीयार प्रहार गरी श्रीमानको हत्या गरेको बताइएकाे छ। श्रीमानको हत्यामा संलग्न देवि कुमारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech