इनरुडेकद्वारा भेरीलाई विशेष स्वास्थ्य उपकरण सहयोग

तपेन्द्र बहादुर मलाती

नेपालगन्ज / इनरुडेक कोहलपुरले नेपालगंन्ज स्थित भेरी अस्पताललाई कोभिड विशेष स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।
जापान प्लेटफर्म को आर्थिक सहयोग तथा आड्रा नेपालको प्राविधिक सहयोगमा आज उक्त स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो । वातावरण तथा ग्रामिण विकास केन्द्र (इनरुडेक) द्धारा कोभिड १९ रेस्पोन्स इन इमर्जेन्सी परियोजना अन्तर्गत एलइडी डिस्प्ले र ब्यटि १० सेट, डिस्पोजल २००० पिस, पारामिटर ५ सेट, डिस्पोजल गोन, गोग्ले, शुकभर, फेस सिल्ड, कोभिड १९ माक्स र मेडिकल माक्स गरी १००० सेट हस्तान्तरण गरिएको हो । कार्यक्रमका बिच भेरी अस्पतालका अध्यक्ष प्रमोद कुमार धिताललाई इनरुडेक कोहलपुरका अध्यक्ष धर्मलाल रोकाया र आड्रा नेपालका परियोजना मेनेजर युका वनीसीले उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।


सहयोग हस्तान्तरण कार्यक्रमका बोल्दै इनरुडेकका अध्यक्ष धर्मलाल रोकायाले कोभिड १९ सक्रमित बिरामीहरुलाई सहयोग गर्ने उद्देश्यले परियोजना सञ्चालन गरियको बताए। बाँके र बर्दियाका सबै पालिका, जिल्ला अस्पताल बर्दिया र नेपालगंन्जको भेरी अस्पताललाई कार्य क्षेत्र बनाएर काम भईरहेको उनले बताए । आगमी दिनमा समेत यस्ता सहयोग परियोजना मार्फत गर्ने उनको प्रतिबद्धता थियो ।

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech