भाईरल रोड जानमा पूर्ण रोक

असल शासन प्रतिनिधि

कन्चनपुर / आम नागरिकको अत्यधिक भिड हुन थालेपछि कन्चनपुरको भाईरल रोडमा जान स्थानीय प्रशासनले रोक लगाएको छ ।
कन्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ११ र १२ को ऐरी क्षेत्रमा निर्माणाधीन चारलेनको पक्की पुलसँगै निर्माण गरिएको उक्त सडक पछिल्लो समय भाईरल सडकको रुपमा चर्चीत बन्दै गएको थियो । सामाजिक सञ्जाल टिकटकले रोड भाईरल भएपछि पछिल्ला केही दिन यता दैनिक जसो जिल्ला तथा जिल्ला वाहिरका ब्यत्तिहरु उक्त सडकमा टिकटक बनाउने, फोटो खिच्ने तथा भिडियो बनाउने लगायतका कार्यहरु गर्दै आएका थिए ।

तस्विर : हेमा धामी

दैनिक जसो हजारौको सख्यामा सो सडकमा आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले कोरोना सक्रमणको जोखिम बढ्ने भन्दै भाद्र १३ गते देखि अर्को सुचना जारी नहुदा सम्म पुर्ण रोक लगाएको जिल्ला प्रशासन कार्यालय कन्चनपुरले जनाएको छ । मानिसहरुको भिडभाड हुन थालेपछि पछिल्लो समय उक्त क्षेत्रमा मदिरा जन्य पदार्थको प्रयोग गरी झै झगडा समेत हुन थालेपछि प्रशासनले समयमा नै त्यसको नियन्त्रण गर्न सडक जान रोक लगाएको बताईएको छ ।

सोही सडक खण्डमा केही दिन अगाडी पुगेका भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदानीका ४५ बर्षिया कृष्णदत्त जोशी महाकाली नदिमा बेपत्ता भएका थिए उनको शव अझै सम्म फेला परेको छैन ।
स्मरण रहोस जिल्ला प्रशासन कार्यालय कन्चनपुरले भाद्र १० गते राति १२ बजे देखि भाद्र २० गते राति १२ बजे सम्म जिल्लाभर लागु हुनेगरी निशेधाज्ञा जारी गरेको छ ।

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech