कोहलपुरमा पशु चौपायाको रजाइँ

अशोक रावल

कुरा शनिवारको हो म काम बिशेषले बाँकेको कोहलपुर नगरपालिका गएको थिए । आफन्त तथा साथिभाईहरुसँग भेटघाटमा ब्यस्त भएका कारण मलाई साझँ फर्किन ढिला भयो । म कोहलपुरबाट साझँको ७ः३० बजे तिर नेपालगन्ज फर्किदै थिए । कोहलपुर नगरपालिका पूर्ब र पश्चिम जोड्ने केन्द्र समेत भएका कारण कोहलपुर तिर चौबिसै घण्टा सवारी तथा आम नागरिकहरुको आवत जावत बाक्लो नै हुने गर्दछ । आम नागरिक भन्दा पनी दैनिक सयौको सख्यामा सवारी साधन गुड्ने कोहलपुरमा साझँको समय कोहलपुर नेपालगन्ज सडक खण्डको न्यूरोड चौकमा छाडा चौपायाँहरुको रजाई देखियो ।

म मोटरसाईकलमा थिए कोहलपुर चौराहा पार गर्दै अगाडी बढ्दै गर्दा पुरै सडकमा दर्जनौको सख्यामा छाडा चौपायाँहरुले पुरै बाटो नै अवरुद्ध गरेर बिच सडकमा देखिए । उक्त सडकमा आवत जावत गरिरहेका सवारी साधनहरुले रोकेर पशु चौपायाहरुलाई भगाउने र अगाडी बढ्ने गरिरहेका थिए । म पनि एउटा साईटबाट अगाडी आए । मैले केही समय त्यहाँको अवस्था अवलोकन गर्दा पशु चौपायाहरुका कारण उक्त सडक खण्डमा आवत जावत गर्ने सवारी चालकहरु निकै तनावमा देखिन्थे । एक बस चालकले त जोर जोरले कस्तो नगरपालिका हो यो यति चौडा बाटो नै छेक्ने गरी छाडा चौपाया सडकमा आउदा समेत ब्यवस्थापन गर्न नसक्ने भन्दै रोस प्रकट गरिरहेका थिए ।
छाडा पशु चौपाया व्यवस्थापन समस्या हो तर समस्या हो भन्दैमा स्थानीय सरकारले बेखवर वा वेवास्ता भने गर्नु हुदैन जस्तो मलाई लाग्यो । कोहलपुर नगरपालिकाले नगरभित्र रहेका छाडा पशु चौपायाहरुको ब्यवस्थापनमा यथासक्य पहल गर्नुपर्छ भन्ने कुरा यसै मार्फत म कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुलाई अपिल गर्दछु ।

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech