६ प्रश्नमा शिवलाल पाण्डे

असल शासन प्रतिनिधि

शिवलाल पाण्डे, अध्यक्ष
स्याक नेपाल

१. तपाईको जीवनको आदर्श के हो ?
– कामप्रतिको इमान्दारिता ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
– आफू किसान भएर पनि मेरो उज्ज्वल भविष्यको लागि सधै प्रयत्नशील बुवाको उत्प्रेरणाले म यहाँसम्म आइपुगें ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– पिछडिएका वर्गको हक अधिकारबारे सुसूचित गराएर, क्षमतावान बनाउनका लागि जीवन समर्पण गरेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– आमा बुवाको निधन हुँदाको क्षण, लेखा परीक्षकमा उत्तीर्ण भएर लाइसेन्स पाउँदा र बाबु नानीको सफलता मेरो लागि अविस्मरणीय पल हुन् ।

५. तपाईको बुझाइमा असल शासन भनेको के हो ?
– सबै सार्वजनिक पदमा रहेका पदाधिकारीले गर्नुु पर्ने काम गर्नु र नगर्नु पर्ने काम नगर्नु नै अशल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– पिछडिएका वर्गको हक अधिकारबारे सुसूचित गराएर, क्षमतावान बनाउनुमा जीवन समर्पित गर्ने मेरो प्रतिबद्धता रहेको छ ।

प्रस्तुतिः मुना विष्ट

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech