कृष्णप्रसाद जोशीसँग ६ प्रश्न

असल शासन प्रतिनिधि

कृष्ण प्रसाद जोशी
अधिकृत, सामाजिक गैसस तथा साझेदारी विकास शाखा,
नेपालगन्ज उपमहानगरपालिका बाँके ।

१. तपाईको जीवनको आदर्श के हो ?
जीवनको आदर्श इमान्दारिता, लगनशीलता र तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्नु हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
गुरुहरु र मेरो बुबाको प्रेरणाले म यहाँसम्म आइपुगें । मेरो बुबाको प्रेरणा नै मेरो जीवनको सफलता हो ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
समाजमा राष्ट्रसेवक कर्मचारीका रुपमा सेवा गरिरहेको छु । समाजका लक्षित वर्गहरुलाई प्रभावकारी रुपमा सेवा दिने काममा अग्रसर रहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
नेपालगन्जमा सुरुमा बालालिकालाई सङ्गठित गरेर बालमैत्री स्थानीय शासनका विषयमा तालिम दिँदै गर्दा चकटीमा बसालेका बालबालिकाले हामीलाई यहाँ किन बसालियो भनेर चकटी नै च्यातेका थिए । पछि उनीहरुलाई कुरा बुझाउन सकियो र अभियान सफल भयो । यो क्षण मलाई अविस्मरणीय लाग्छ ।

५. तपाईको बुझाइमा असल शासन भनेको के हो ?
असल शासन भनेको संस्कार, नैतिकता, आदर्श र मूल्य मान्यता हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
म जुन क्षेत्रमा कार्यरत छु त्यस क्षेत्रमा प्रतिबद्ध भएर काम गर्नु नै मेरो समाजप्रतिको प्रतिबद्धता हो ।

प्रस्तुतिः मुना विष्ट

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech