सहकारी संस्थाका सदस्यले ध्यान दिनु पर्ने १८ कुरा

जया थापा

१.सहकारीको अर्थ र महत्त्वका बारेमा जानकारी लिने ।

२.आफू सदस्य भएको संस्थाको बारेमा बढी भन्दा बढी जानकारी लिने ।

३.संस्थाले संचालनमा ल्याएका कार्यक्रममा सक्रिय सहभागी हुने ।

४.संस्थाले संचालन गरेका सदस्य शिक्षा, सहकारी शिक्षा, व्यावसायिक शिक्षा, नैतिक शिक्षा, स्वास्थ्य शिक्षा, वातावरणीय शिक्षा आदि कार्यक्रममा भाग लिने ।

५. संस्थामा आर्थिक कारोबार गर्ने, ६.नियमित बचत जम्मा गर्ने ।

७. संस्थाबाट ऋण लिएको भए समयमै कर्जाको साँवा र ब्याज बुझाउने ।

८.संस्थाका अन्य सदस्यलाई समयमै ऋण तिर्न प्रेरित गर्ने ।

९. कर्जा असुली र बचत संकलन अभियानमा संस्थाको कार्यक्रममा सक्रिय सहभागी हुने ।

१०. साधारण सभामा भाग लिएर वा प्रतिनिधि छानेर सहयोग पुर्‍याउने, ११.संस्थाले प्रदान गरेको जिम्मेवारी पूरा गर्ने ।

१२. संस्थालाई अनावश्यक खर्च हुनबाट बचाउन प्रेरित गर्ने ।

१३. संस्थाको सम्पत्तिलाई आफ्नै सम्पत्ति सरह ठान्ने र नोक्सानीलाई आफ्नै नोक्सानी भएसरह मान्ने ।

१४.संस्थाका जिम्मेवार व्यक्ति वा कर्मचारीको कमजोरी भएको देखिएमा वा थाहा पाएमा समयमै सल्लाह सुझाव र सूचना दिने ।

१५.आफ्नै वा अरु सदस्यका कमजोरीलाई सुधार्न पहल गर्ने ।

१६. संस्थाको बारेमा वास्तविक जानकारी अरुलाई दिने ।

१७.संस्थामा असल सदस्यको संख्या थप्न सहयोग गर्ने असल मानिसलाई संस्थामा सदस्य हुन प्रेरित गर्ने ।

१८.संस्था र आफ्नै बारेमा नकारात्मक सोचको सट्टा सकारात्मक सोचको विकास गर्ने l

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech