नयाँ मापदण्ड सहित लाईसेन्सको परिक्षा हुदै

कोभिड १९ को बिशेष अवस्थामा सवारी चालक अनुमती पत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७८ लागु गरि भदौं २० गतेबाट परिक्षा सञ्चालन गर्ने तयारीमा विभाग

असल शासन प्रतिनिधि

काठमाडौं / यातायात ब्यवस्था विभागले नयाँ मापदण्ड सहित लाईसेन्सको परिक्षा लिने तयारी थालेको छ ।
विभागले दिएको जानकारी अनुसार कोभिडका कारण लामो समय देखि रोकिएको सवारी चालक अनुमती पत्र (लाईसेन्स) को लिखित तथा प्रयोगात्मक परिक्षा भदौ २० गते बाट गर्ने तयारी शुरु गरिएको जनाएको छ ।
विभागले कोभिड १९ को बिशेष अवस्थामा सवारी चालक अनुमती पत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७८ जारी गरेर परिक्षा शुरु गर्ने तयारी गरेको हो । जारी गरिएको नयाँ ब्यवस्था अनुसार प्रयोगात्मक परिक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराउने, एक सिप्टमा बढिमा ५० जना परिक्षार्थीलाई मात्र सहभागि गराईने तथा परिक्षा सम्पन्न नभएसम्म अन्य परिक्षार्थी र अनाधिकृत व्यक्तिहरुलाई परिक्षा स्थलमा प्रवेश निषेध गरिने उल्लेख छ । साथै परिक्षा गर्दा परिक्षामा खटिने कर्मचारी तथा परिक्षार्थीले अनिवार्य मास्क, पन्जा र स्यानीटाईजरको प्रयोग गर्नुपर्ने, भौतीक दुरीको ख्याल गर्नुपर्ने, प्रश्न पत्र वितरण र हाजिरी गराउदा उच्च सर्तकर्ता अपनाउनुपर्ने, परिक्षा शुरु हुनु १५ मिनट अगाडी मात्र परिक्षा केन्द्रमा परिक्षार्थी उपस्थित हुनुपर्ने, परिक्षा केन्द्र प्रवेश गर्दा परिक्षार्थीको तापक्रम मापन गरिने लगायतको व्यवस्था निर्देशिकाले गरेको छ ।
भाद्र २० गते काठमाण्डौंबाट लाईसेन्स परिक्षाको शुरुवात गर्ने र त्यस पश्चात देशभरका लाईसेन्स दिने अनुमति पाएका यातायात कार्यालयले सञ्चालन गर्ने विभागले स्पष्ट पारेको छ । देशमा कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै वैशाख १६ गते सुचना जारी गर्दै यातायात ब्यवस्था विभागले देशभर लाइसेन्सको परीक्षा अर्को सुचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech