४ वटा पुल र ५ ओटा घट्ट बगाउदा आवागमन ठप्प स्थानीय समस्यामा

असल शासन प्रतिनिधि

दार्चुला / दार्चुलाको अपि हिमाल गाउँपालिकामा अविरल बर्षाका कारण आएको बाढीले ४ वटा पुल र ५ ओटा घट्ट बगाएको छ ।
आईतबार राति देखि परेको अविरल बर्षाका कारण अपिहिमाल गाउँपालिका वडा नम्बर ६ स्थित रिगुर खोला बढेर ककनाडी र चौकीबगडको २ वटा झोलुङ्गे पुल वगाएको छ भने २ वटा काठे पुल र ५ वटा घट्ट बगाएको अपिहिमाल गाउँपालिकामा बिपद ब्यवस्थापन अधिकृत पानसिंह धामीले बताए । उनका अनुसार अपिहिमाल गाउँपालिका वडा नम्बर १ स्थित थेपलेखोला बढेर थेपलेखोलामा रहेको काठेपुल समेत बगाएको छ । खोला आहोर दोहोर गर्ने एक मात्र पुल बाढिले बगाएपछि स्थानीयबासिलाई आवत जावत गर्न निकै समस्या भएको बताईएको छ । खोला पार गर्न नसकिने र खोलामा रहेको पुल बगाएपछि आवत जावत पूर्ण रुपमा रोकिएको स्थानीयहरुले बताएका छन् ।

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech