नेपालगन्ज खजुरा सडकखण्डको मानपुरमा जोखिम

शोभा थापा मगर

सडकमा पानीको निकास नभएपछि नेपालगन्ज खजुरा रोड स्थित मानपुरमा पानी जमेको छ । कुरा सोमबारको हो म काम बिशेषले नेपालगन्ज देखि खजुरा गईरहेको थिए । म मोटरसाईकलामा जादै थिए जब मानपुर नजिकै पुगे सडकमा लामो सवारी जाम लागेको देखे । शुरुवातमा मलाई लाग्यो त्यहाँ कतै दूर्घटना भयो की तर पछि मोटरसाईकल साईटमा राखेर बुझ्दा त्यहाँ पानीको निकास नहुदा सडकमा तलाउ भएका कारण एकतर्फी सवारी साधन ओहोर दोहोर गरीरहेका थिए । झण्डै १० मिनेट बढी समय म पनि त्यो जाममा फसे । नेपालगन्ज खजुरा सडक खण्ड नेपालगन्ज गुलरीया सडक खण्डको समेत मुख्य मार्ग हो जहाँ दैनिक सयौको सख्यामा सवारी आवत जावत गर्ने गर्दछन् तर उत्त सडकको दुरावस्था देख्दा सरोकारवाला छैनन की भन्ने भान भयो । मैले स्थानीयहरुलाई पनि सो बारेमा सोधे उनीहरु भन्दै थिए लाखौ रुपैया सडकका लागि भनेर खर्च गरे तर पानीको निकास नगर्दा सवारी साधन सँगै स्थानीयहरुले समेत दुःख पाए ।


जानकी गाँउपालिका वडा नम्बर ३ मा पर्ने उक्त सडकका बारेमा बुझ्दा थाहा भयो केही समय अगाडी मात्रै सो सडक खण्ड चौडा गर्ने भन्दै तत्कालिन बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्ग को बिशेष पहलमा बर्षौ देखि दूर्घटनाको उच्च जोखिममा रहेको सडक छेउको घर भत्काईएको थियो । सडक बिस्तारमा सफलता हासिल गरेका प्रजिअको केही दिन पछि सरुवा भएपछि उक्त सडकको काम सबै रोकिएको स्थानीयहरु भनीरहेका थिए । पानी पर्ने बित्तिकै सबै घरहरुको पानी सडकमा आउने र सडक हिलाम्य सँगै तलाउमा परिणत हुदा निकै समस्या भएको छ ।
मैले यति कुरा गरिरहदा अहिले सडक निर्माण हुन सक्दैन होला तर उक्त सडकमा जम्ने पानीको निकास गाउँपालिका, वडा, सडक डिभिजन लगायतका जो सुकै सरोकारवालाहरुले समेत गरिदिने हो भने निकै राहत हुने थियो । सम्बन्धित सरोकारवालाहरुको ध्यान चाडै जाअ‍ोस् ।

 

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech