बैदेशिक रोजगारमा कोभिडले पारेको प्रभाव बिषयमा अन्तरक्रिया

असल शासन प्रतिनिधि

कोहलपुर/बैदेशिक रोजगार क्षेत्रमा कोभिडले पारेको प्रभाव बिषयक अन्तरक्रिया कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ ।

एकाउण्टबिलिटि ल्याव र बास नेपालको संयुक्त आयोजनामा उक्त अन्र्तक्रिया भाद्र १७ गते सम्पन्न भएको हो ।

कार्यक्रममा बैदेशिक रोजगारबाट फर्केका युवा थानेश्वर पुन मगरले बैदेशिक रोजगारबाट फर्केर स्वदेशमैं काम गरिरहेको बताए ।

उनले कोहलपुरको हवल्दारपुरमा लागु औषध पुर्नस्थापना केन्द्र स्थापना गरेर काम गरिरहेको बताए ।

बैदेशिक रोजगारबाटै फर्किएका गणेश घर्ति मगर लगायतले कोभिडले बैदेशिक रोजगारमा असर पारेको बताए । कार्यक्रममा दलित महिला संघ बाँकेकी अध्यक्ष निर्मला सुनार, महिला उपकार मञ्चकी उपाध्यक्ष चन्द्रकला न्यौपाने, पूर्ब शिक्षक जित बहादुर थापा मगर लगायतले सुरक्षित बैदेशिक रोजगारका बारेमा बोलेका थिए ।

कार्यक्रममा कोहलपुर वडानम्वर ११ का अध्यक्ष कर्ण बहादुर थापा, वडानम्वर १० का वडाध्यक्ष निम बहादुर चलाउने, निमित्त प्रमुख प्रशासकिय अधिकृत अनन्त पौडेल लगायतले युवाहरुको स्वरोजगार र बैदेशिक रोजगारबाट फर्केकाहरुका लागि बिशेष कार्यक्रम सञ्चालन गर्ने प्रण गरेका थिए ।

बासका निबर्तमान अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गरेका थिए भने कार्यक्रम उपाध्यक्ष लुना बुढाथोकीले समापन गरेकि थिईन् ।

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech