बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२१ सिर्जनशिल युवा बर्मालाई

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२१ युवा अभियन्ता आशिष बर्मालाई प्रदान गरिएको छ ।
बास नेपाल नेपालगन्ज र ब्राईटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार यस बर्ष बर्माले प्राप्त गर्न सफल भएका हुन् । आज नेपालगन्जमा भएको एक औपचारीक कार्यक्रमका बिच गैसस महासँघ नेपाल बाँकेका सचिब तथा जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष समेत रहेका बर्माले सम्मान पत्र, ट्रफि सहित नगद १५ हजार प्रात्त गर्न सफल भएका छन् । कार्यक्रममा बिच सम्मान प्रदान लुम्बिनी प्रदेश सभा सदस्य तथा कार्यक्रममा प्रमुख अतिथि माननिय कृष्णा केसी नमुना, कार्यक्रमका अतिथि ब्राईटल्याण्ड स्कुल नेपालगन्जका प्रिन्सिपल बिजय लामा, नेपालगन्ज २२ का अध्यक्ष बिद्याराम बर्मा, गैसस महासँघ बाँकेका उपाध्यक्ष चन्द्र प्रशाद तिमिल्सिना लगायत अतिथिहरुले गरेका छन् ।
युवाका क्षेत्रमा कार्यरत रहेको, रचनात्मक कार्य, सृजनात्मक कार्यमा योगदान दिएको, सामाजिक योगदान, सँघर्ष पश्चातको सफलता, प्रेरक व्यक्तित्व लगायतको सुचकका आधारमा बर्मालाई छनौट गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । कार्यकारी निर्देशक शाहले बास/ब्राईटल्याण्ड युवा पुरस्कारको पृष्ठभुमि, कार्यक्रमको उद्धेश्यसँगै बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२१ को घोषणा गरेका थिए ।


पुरस्कार प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननिय कृष्णा केसीले व्यक्तिलाई उसको ईच्छाशक्ति, निरन्तरता र परिश्रमले सफल बनाउने बताए । बर्माको जिवन निकै संघर्षमय भएको भन्दै उनले पाएको सम्मान युवाहरुका लागि अनुसरणीय हुने उनको विश्वास थियो । कार्यक्रममा मन्तब्य राख्दै ब्राईटल्याण्ड स्कुलका प्रिन्सिपल तथा कार्यक्रममा अतिथि बिजय लामाले समाज परिवर्तनको एक मात्र शक्ति युवा शक्ति भएकाले युवा शक्तिले समाजलाई डोर्याएमा मात्रै समाज सुधार हुने बताए । युवाले सपना देख्ने, उद्धेश्य बनाउने र उद्धेश्य परिपूर्तीका लागि निरन्तर मेहेनत गर्ने हो भने हरेक युवा सफल बन्ने उनको भनाई थियो । संघर्ष पछिको सफलताले सकारात्मक सन्देस प्रवाह गर्ने उदाहरण आशिष बर्माले पेश गर्न सफल भएकोमा सम्मानीत बर्मालाई उनले बधाई ज्ञापन गरे ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तथा सम्मानीत युवा बर्माका बुवा बिद्याराम बर्माले असल सन्तान भएमा आमाबुवाले सबै भन्दा ठुलो खुसी पाउन बताए । सानै देखि सामाजिक कार्यमा छोराको रुचि भएका कारण सोही अनुरुप बुवाको तर्फबाट सहयोग गरेको परिणाम छोराले सम्मान पाएकोमा निकै गर्व महसुस भएको उनको प्रतिक्रिया थियो । यसैगरी कार्यक्रममा मन्तब्य राख्दै गैसस महासँघ बाँके शाखाका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले बासले गर्दै आएको रचनात्मक कार्यक्रमहरुले समाजमा सकारात्मक सन्देस प्रवाह गरिरहेको बताए ।


बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२१ प्राप्त गरे पश्चात प्रतिक्रिया मन्तब्य राख्दै सम्मानित युवा आशिष बर्माले सफलताको श्रेय परिवार र सम्पूर्ण युवाहरु भएको प्रतिक्रिया दिए । पुरस्कारका लागि छनौट गरेकोमा बास र ब्राईटल्याण्ड स्कुललाई उनले धन्यबाद ज्ञापन गरे । सम्मानले सामाजिक क्षेत्रमा निरन्तर लाग्न हौसला थप्नुका साथै थप जिम्मेवार बनाएको उनको भनाई थियो । सबै युवाहरुलाई आफुले गर्ने कामलाई खुसी र ईमान्दारीता पूर्वक सम्पादन गर्न उनले अपिल गरे ।
बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका केन्द्रीय महासचिब शिव कुमार बर्माले गरेका थिए भने कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए । बासले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा हरेक बर्ष बाँके जिल्लाका सिर्जनशिल युवालाई सम्मान गर्दै आएको छ । २०११ देखि बास युवा पुरस्कारको नामले शुरुगरेको पुरस्कारमा २०१२ देखि ब्राईटल्याण्ड स्कुल नेपालगन्जले सहकार्य गर्दै आएको छ ।

  • १५ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech