१५२ देशका बिद्यार्थी सम्मलीत हस्तलेखन प्रतियोगितामा नेपालका निराजन दोश्रो

विश्व हस्तलेखन प्रतियोगिताको मुख्यालयले आयोजना गरेको ८–१२ उमेर समूह अन्तरगत डडेल्धुराको माउन्टेन माध्यमिक विद्यालय बागबजारमा कक्षा ९ मा अध्ययरत १२ बर्षिय निराजन दोश्रो हुन सफल भएका हुन् ।

असल शासन प्रतिनिधि

डडेल्धुरा / विश्व हस्तलेखन प्रतियोगितामा सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाका निराजन द्धारीयाले दोश्रो स्थान हासिल गर्न सफल भएका छन् ।
विश्व हस्तलेखन प्रतियोगिताको मुख्यालयले आयोजना गरेको ८–१२ उमेर समूह अन्तरगत १२ बर्षिय निराजनले दोश्रो स्थान हासिल गरेका हुन् । विश्वका १५२ देशका बिद्यार्थीहरु सहभागि भएको उक्त उमेर समुहको प्रतियोगिताकालागि निराजन अध्ययन गर्ने बिद्यालयमा नै मुख्यालयका प्रतिनिधि पुगेर लेखन नमूना संकलन गरेर लगेका थिए।
डोटिको दिपायल सिलगडी नगरपालिका वडा नम्बर ३ स्थायी घर भएका निराजन हाल डडेल्धुराको माउन्टेन माध्यमिक विद्यालय बागबजारमा कक्षा ९ मा अध्ययरत छन् । यति ठुलो प्रतियोगितामा दोश्रो स्थान प्राप्त गरेको जानकारी पाएपछि उनको परिवार, बिद्यालयसँगै सिंगो जिल्लामा नै खुसीयाली छाएको छ ।


विगतका बर्षहरुमा अमेरिकाको न्यूयोर्कमा रहेको मुख्यालयले न्युयोर्क मै बोलाएरै पुरुस्कार वितरण गर्ने गरेको भएपनि यस बर्ष कोरोना महामारीका कारण अक्टोबरमा प्रमाणपत्र वितरण गर्ने मुख्यालयले जनाएको छ । प्रतियोगितामा प्रथम भने बंगलादेशका एनियो विश्वास रैयान भएको मुख्यालयले आफ्नो वेवसाईट मार्फत सार्वजनिक गरेको छ ।
जानकारी अनुसार निराजन कक्षा नर्सरीदेखि प्रथम हुदै आएका छन्। उनका लोक द्वारीया विगत २० वर्षदेखि डडेल्धुरा बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएको र आमा डडेल्धुरा मै शिक्षण पेशामा संलग्न रहेका छन् ।
विश्व हस्तलेखन प्रतियोगिता मुख्यालयले हरेक बर्ष विभिन्न उमेर समुह अन्तरगत प्रतियोगिता गर्दै आएको छ ।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech