नेपालगन्जमा वकालत कार्यशाला

असल शासन प्रतिनिधि

नेपालगन्ज / सुरक्षित बैदेशिक रोजगारका सवालमा नेपालगन्जमा वकालत कार्यशाला गरिएको छ ।
बैदेशिक रोजगारबाट फर्किएका युवा र स्थानिय गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागितामा उक्त कार्यशाला भाद्र १५ गते सम्पन्न भएको हो ।


सुरक्षित बैदेशिक रोजगारका मुद्दामा कसरी वकालत गर्ने भन्ने बिषयमा कार्यशाला केन्द्रीत रहेको थियो । कार्यशालाको शुरुवातमा बर्तमान बैदेशिक रोजगारको अवस्था र स्थानिय सरकारको भुमिकाका बिषयमा गैरसरकारी संस्था महासँघ बाँकेका अध्यक्ष नमस्कार शाह र बैदेशिक रोजगार, वकालत र बैदेशिक रोजगार ऐनका बिषयमा अधिवक्ता पूर्ण ढकालले प्रश्तुतीकरण गरेका थिए ।


प्रश्तुतीकरण पश्चात भएको छलफलमा सहभागिहरुले नेपालमा स्थानिय सरकार आगमनसंगै देशमा बैदेशिक रोजगारका मुद्दामा पैरवी गर्न सहज हुने आंकलन गरिएता पनि सोचे अनुरुप नभएको गुनासो गरे । स्थानिय सरकारका निति तथा कार्यक्रममा बैदेशिक रोजगार को बिषय प्राथमिकतामा नपर्नुले बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरु बेरोजगार भएर बस्नु परेको उनीहरुको भनाई थियो । सरकारले बनाएका ऐन नियमको कार्यान्वयन निकै फितलो भएका कारण बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुले समस्या झेल्नु परेको सहभागिहरुको निष्कर्ष थियो । ऐन नियमको फितलो कार्यान्वयन र गुनासो ब्यवस्थापन संयन्त्र कमजोर हुदा त्यसको मारमा बैदेशिक रोजगारमा जाने युवाहरु पर्ने गरेको माइती नेपाल नेपालगन्जका प्रमुख केशब कोइरालाको भनाई थियो ।
परियोजना सिएफए लोक बहादुर घर्तिले सहजिकरण गरेको कार्यशालामा स्वागत सिएफए जस्मिन शाहले गरेका थिए । कार्यशाला एकाउण्डविलिटी ल्याब र बासको आयोजनामा भएको थियो ।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech