बेवारिसे सामान बरामद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भारतबाट भन्सार छलेर ल्याएको विभिनन्न सामान जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको छ । उक्त सामान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयपुरमा बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सामानमा लत्ताकपडा, मोटरसाइकलको पार्टपुर्जालगायतका सामान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आवश्यक कारबाहीकालागि भन्सार कार्यालय नेपालगन्ज पठाइएको सामानको मूल्य एक लाख अड्चालीस हजार ६ सय नब्बे रुपैयाँ बराबरको रहेको बताइएको छ ।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech