बासको १८औं बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासले १८औं बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम गरेको छ ।
साधारण सभाबाट बास नेपाल नेपालगन्जले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रगति तथा आर्थिक प्रतिबेदन पारित गरेको छ ।
दिगो विकास र सुशासनमा प्रतिबद्धता हामी सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा बासले आर्थिक बर्ष २०७७/०७८ मा प्रश्तुत गरेको प्रगति प्रतिबेदन बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने आर्थिक प्रतिबेदन बासका केन्द्रीय कार्य वाहक कोषाध्यक्ष दिला शाहले प्रस्तुत गरेका थिए । यसरी प्रस्तुत गरीएको प्रतिबेदन माथि बन्द सत्रमा छलफल पश्चात सर्व सम्मतीबाट अनुमोदन गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले समाज परिवर्तनको सवालमा बासको ईतिहास अन्य संस्थाहरुको तुलनामा पृथक रहेको बताए । सुशासन स्थापनाकालागि देशभरी युवा परिचालन गर्नु बासको सफलता रहेको उनको भनाई थियो । उनले बासले सुशासनको अभियान सँगै कोभिड १९ को समयमा आफ्नो बलियो उपस्थिती प्रस्तुत गरेर सबै सामु अब्बल सावित गरेको जनाए । देशभरी सञ्चालीत विकास निर्माणका सवालमा समेत बासले खवरदारी गर्न उनको अपिल गरे । देशको तिन ओटै तहका प्रमुखहरुले असल काम गरेमा देशको दिगो बिकास हुन समय नलाग्ने उनको भनाई थियो । कार्यक्रममा बोल्दै बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले बासले सामाजिक क्षेत्रमा गरेको योगदान सह्रानिय रहेको बताए । यसैगरी कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासँघ बाँकेका सचिब आषिस बर्माले युवाहरुको सिर्जनशिलता र निरन्तरता बासको सफलता रहेको भन्दै त्यसलाई थप सशक्त रुपमा अगाडी बढाउन अपिल गरे । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्र कुमार जोशी, नारी विकास केन्द्र खजुराका अध्यक्ष मिना श्रेष्ठ, बासका पूर्ब सचिब ओबिराज आचार्य लगायतले शुभकामना मन्तब्य राखेका थिए ।


बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गरेका थिए भने धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यक्रमका बिच बासले सक्रिय सदस्यता प्राप्त गरेका सदस्यहरुलाई सक्रिय सदस्यता बितरण गरेको छ भने बर्दियाको ठाकुरद्धारामा भएको समिक्षा बैठकमा उत्कृष्ट प्रश्तुतीकरण गर्ने बासका कार्यक्रम संयोजक रबिन्द्र बोहरा, लेखा अधिकृत दिपा चौधरी र सिएफए जश्मिन शाह तथा एकल नृत्यमा उत्कृष्टता हासिल गर्ने कर्मचारी ईब्राहिम खान र आस्ना चौधरीलाई प्रमाण पत्र र नगद प्रदान गरिएको थियो ।
साधारण सभामा बासले कोभिड १९ को समयमा गरेको मास्क अभियान र कोभिड १९ प्रतिकार्यमा भएको आम्दानी तथा खर्च सार्वजनिकीकरण गरी साधारण सभाबाट अनुमोदन गरेकोछ ।

  • १७ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech