बास २१औं स्वयम् सेवक ब्याचको नेतृत्वमा मलाती

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास २१औं स्वयम् सेवक समुहको संयोजकमा तपेन्द्र बहादुर मलाती सर्व सम्मत चयन भएका छन् ।
भाद्र १८ गते नेपालगन्जमा सम्पन्न बास स्वयम् सेवक समुहको भेलाले संयोजक मलातीको नेतृत्वमा नौ सदस्सिय नयाँ कार्य समिति चयन गरेको छ । समितिको सह संयोजकमा ममता बुढाक्षेत्री र सदस्यहरुमा क्रमशः प्रदिप बोहरा, दिपा दर्लामी मगर, सोनी बढही, उमा चौधरी, जानकी बिश्वकर्मा र अशोक रावल चयन भएका छन् । समितिको सदस्य सचिबमा सरिता बिश्वकर्मालाई चयन गरेको छ । यसरी चयन भएको समितिको घोषणा बासका केन्द्रीय महासचिब तथा बास स्वयम् सेवक विभाग प्रमुख शिब कुमार बर्माले गरेका थिए ।


नव निर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले संस्थाको महत्वपूर्ण शक्तिको रुपमा रहेको स्वयम् सेवक समुहको अभियानलाई नयाँ समितिले थप सशक्त रुपमा अगाडी बढाउने अपेक्षा गरे । उनले सबै स्वयम् सेवकहरुलाई समेटेर अगाडी बढ्दै उत्कृष्ट ब्यच बन्न नयाँ समितिलाई शुभकामना दिए । नब निर्वाचित समितिलाई बासका केन्द्रीय निर्वतमान अध्यक्ष मन भण्डारी, महासचिब शिब कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, जन सम्पर्क अधिकृत मुना बिष्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहरा लगायत पदाधिकारी, कर्मचारी तथा स्वयम् सेवकहरुले बधाई सहित सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बिच बास स्वयम् सेवक समुहका निर्वतमान संयोजक मुना बिष्टले नव निर्वाचित अध्यक्ष मलातीलाई माईन्युट हस्तान्तरण गरेका थिए । बासका निर्वतमान अध्यक्ष मन भण्डारीले कार्यक्रमको समापन गरेका थिए । बासले हरेक छ महिनामा स्वयम् सेवक समिति चयन गर्दै आएको छ ।

  • २० भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech