‘सिआइबी इन्सपेक्टर’ रोकाय पक्राउ

असल शासन प्रतिनिधि

कोहलपुर/ बाँकेको कोहलपुरबाट नक्कली सिआइबी इन्स्पेक्टर पक्राउ परेका छन् । पक्राउ परेका युवकले नेपाल प्रहरीको सिआइबीको इन्सपेक्टर हुँ भन्दै धम्क्याउँदै आएका थिए । पक्राउ पर्नेमा सल्यानस्थित दार्माकोट गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय दिपेन्द्र रोकाय रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्कमा रहेका होटल तथा पसलमा आफूलाई नेपाल प्रहरीको सिआइबीको इन्सपेक्टर हुँ भन्दै डर, त्रस देखाई धम्क्याउँदै सर्वसाधारणलाई अनावश्यक हैरानी दिइरहेको अवस्थामा रोकायलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रोकाय माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • २० भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech