एकै परिवारका ६ जनाको बिभत्स हत्या गाउँभरी त्रास

असल शासन प्रतिनिधि

विराटनगर / संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ ।
संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ खोलागाउँका बौद्धमान कार्कीको परिवारका ६ जनाको बिभत्स हत्या भएको प्रहरीले जनाएको छ ।
प्राप्त जानकारी अनुसार ९३ बर्षिया बौद्धमान सकुसल रहेका छन् भने उनको परिवारमा रहेका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेज बहादुर, रञ्जना कार्की र नाती विपिन र नातिनी गोमा कार्कीको हत्या भएको छ । एकै परिवारका ६ जनाको बिभत्स हत्या भएपछि सिंगो गाउँमा त्रास फैलिएको छ । यसरी हत्या गरिएको मृतकहरुको शव घर वरिपरि छरीएको अवस्थामा भेटीएको प्रहरीले जनाएको छ । सकुशल भेटीएका बौद्धमान आँखा नदेख्ने र कान पनि सुन्न नसक्ने अवस्थाका रहेको बताईएको छ ।

  • २१ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech