१४ महिना सम्म तलब नपाएका शिक्षक परिवार सहित अनशनमा

भुबि बिष्ट

बैतडी / तलब पाउने आसमा एक बर्ष बितिसक्दा समेत तलब नपाएपछि बैतडीका एक शिक्षक परिवार सहित अनशनमा बसेका छन् ।
आफुले पाउनु पर्ने १४ महिनाको तलब नपाएको भन्दै शिवनाथ गाँउपालिका वडा नम्बर ६ स्थित हिरापुर माबिमा कार्यरत राहत शिक्षक करन राना परिवार सहित अनशनमा बसेका हुन् ।

तलबका बिषयमा पटक पटक सम्बन्धीत निकाय धारदा समेत तलब पाउन नसकेका राना परावारको खर्च चलाउन नै मुस्किल भएपछि चार छोराछोरी र श्रीमति सहित जिल्ला समन्वय समितिको कार्यालय अगाडी अनशन बसेका छन् । आमरण अनशनका मागहरु सहितको ब्यानर झुण्ड्याएर उनले अनशन शुरु गरेका छन् । पदस्थापनको लागि भने बमोजिमका कागजातहरु पुरा गर्दा पनि समन्वय इकाईले सुनुवाई नगरेको उनको भनाई छ । सिवनाथ गाउँपालिका वडा नं ६ हिरापुर माबीबाट दशरथचन्द नगरपालिका वडा नं ४ मा रहेको इश्वर आधारभुत बिद्यालय काजमा सरुवा भइ अध्यापन गराउदै आएका रानाले सरुवाको लागि सबै प्रक्रिया पुरा गरेको बताए। राना सिवनाथ ६ हिरापुर माबीमा २०६६ सालदेखि राहत कोटामा शिक्षण गर्दै आएका थिए। उनकी श्रीमती राजु राना वडा नं ६ कै कृष्ण आधारभुत बिद्यालय कानलीमा २०६४ साल देखि बाल विकास शिक्षकका रुपमा कार्यरत रहदै आएकी थिईन् ।
प्राप्त जानकारी अनुसार २०७२ सालदेखि छोराछोरी सहित बिस्तापित भएर उनी सदरमुकाम बस्दै आएका छन् । बि.स. २०७३ सालमा गाउँलेहरुले विभिन्न आरोप लगाएर उनको घर जलाइए पछि रानाले जिल्ला अदालतमा मुद्धा समेत दायर गरेका थिए । उक्त मुद्धामा अदालतले रानाको परिवारलाई ८ लाख क्षतीपुर्ती भराउने आदेस दिएको थियो तर क्षतीपुर्ती वापतको रकम आज सम्म नपाएको उनले बताए ।
हाल रानकी श्रीमती दशरथचन्द नगरपालिकाको वडा नं ५ स्थित जगन्नाथ आधारभुत बिद्यालय नौहाटमा बाल बिकास शिक्षकको रुपमा कार्यरत छिन । उनलाई पालिकाले पारीश्रमिक दिएको छ ।
यस बिषयमा शिक्षा समितिले निर्णय गर्ने शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख नरेन्द्र अवस्थीले बताए । यता शिक्षा समितिका संयोजक एवम जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले दुईवटै पालिकाको समन्वय आवस्यक भएको बताएका छन् । दुई वटै पालिकासँग छलफल भइरहेकाले दरबन्दी मिलानको समयमा उनको समस्या समाधान हुने बताए ।

  • २१ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech