नेपालगन्जमा सीसी क्यामरा व्यवस्थापन गर्न ध्यानाकर्षण

असल शासन प्रतिनिधि

बाँके–नेपालगन्ज शहरका विभिन्न स्थानमा जडान भएका सीसी क्यामराको व्यवस्थापनका लागि बाँके प्रशासनको ध्यानकषर्ण गराइएको छ । शहरभित्र हुने विभिन्न अपराधिक क्रियाकलापको नियन्त्रण, चोरी शिकारी, सडक दुर्घटना जस्ता घटनाको जानकारीका लागि सीसी क्यामराको महत्वपूर्ण भूमिका रहेकोले सो को व्यवस्थापन गर्न ज्ञापन पत्र बुझाइएको हो ।

नगरका अधिकांश सीसी क्यामरा बिग्रिएको अवस्थामा दुर्घटना बढ्ने र दोषीको पहिचान नखुल्ने भएकाले बाँकेका नागरिक समाजका अगुवाहरुको एक समूहले सो को मर्मत सम्भार गरी संचालन गर्न सरोकारवालाको ध्यानाकषर्ण गराइएको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी नेतृत्वको समूहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टलाई उक्त ज्ञापन पत्र बुझाइएको हो । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी विष्टले नगरमा जडान भएको सीसी क्यामराको मर्मत सम्भारको कार्य गर्नु पर्ने देखिएकाले तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्र अन्तर्गत बजारमा विभिन्न सरकारी तथा गैरसरकारी र निजी उद्योगी व्यवसायीहरुको सहयोगमा लाखौ रुपैयाँमा सीसी क्यामरा जडान गरिएको थियो । त्यसको व्यवस्थापनको जिम्मा भनेर जिल्ला प्रहरी कार्यालयमा सचिवालय राखिएको छ । तर त्यसको खासै प्रभावकारिता देखिँदैन । अहिले अधिकांश सीसी क्यामरा बिग्रिएका छन् । त्यसको बारेमा सरोकारवाला निकायको ध्यान गएको छैन ।

स्मरणहोस् केही दिन अघि मात्र त्रिभुवन चौक आसपासमा तीन वर्षीया बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा बालिकाको घटनास्थलमा मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाइकल फरार भएको र अहिलेसम्म पनि प्रक्राउ पर्न नसकेको अवस्था रहेको छ । यदि सीसी क्यामराको व्यवस्थापन भएको भए त्यो घटनाको दोषी प्रकाउ पर्थे । यसप्रति सरोकारवाला निकायको ध्यान केन्द्रित गराइएको हो ।

 

  • २१ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech