नेपालगन्ज / १८औं निजामति सेवा दिवसको अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाले बृक्षारोपण गरेको छ ।
व्यवसायिक र सिर्जनशिल प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मुल नाराका साथ दिवस मनाईरहेको पालिकाले सन्तानेश्वर महाहदेब जाने बाटोको कोलामा बृक्षारोपण गरेको हो ।

आज बिहानै नरैनापुर गाँउपालिकाका कार्यवाहक अध्यक्ष मसुद अहमद शाह, प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेतको उपस्थितीमा उक्त बृक्षारोपण गरिएको हो । सो क्रममा गुलमोहर को २० वटा र फलफुलका गरी १ सय बढी बिरुवा रोपिएको नरैनापुर गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले असल शासनलाई जानकारी दिए ।
बृक्षारोपण कार्यक्रममा नरैनापुर गाँउपालिकाका कार्यवाहक अध्यक्ष मसुद अहमद शाह, प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेत, योजना तथा अनुगमन शाखा प्रमुख विजय कुमार यादब, लेखापाल प्रकाश अधिकारी, प्रशासन शाखा प्रमुख भरत महतो लगायत पदाधिकारी, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।











