सामुदायिक बिद्यालयमा प्रोजेक्टरबाट कक्षा सञ्चालन

तपेन्द्र बहादुर मलाती

नेपालगन्ज / अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ मा रहेको एक सामुदायिक बिद्यालयले कम्प्युटर माध्यमबाट कक्षा सञ्चालन गरेको छ ।
पञ्चदेवल बिनायक नगरपालिका कै पिछडीएको क्षेत्रको रुपमा रहेको श्री महेन्द्र माध्यामिक बिद्यालयमा कम्प्यूर ल्याप सहित प्र्रोजेक्टरको माध्यामबाट कक्षा सञ्चालन गरेको हो । प्रविधिको उपयोग गर्दै बिद्यार्थिहरुलाई अडियो भिडियो सहित शिक्षण बिधि बाट अध्यापन गर्न थालिएको बिद्यालयका प्रधानाध्यापक प्रेम बडुवाले असल शासनलाई बताए ।

लामो समयको मेहेनत पछि बिद्यालयले भाद्र २७ गते देखि डिजिटल प्रविधिबाट कक्षा सञ्चालन गरिरहेको बिद्यालयले जनाएको छ । बिद्यालयमा प्रोजेक्टर माध्यमबाट कक्षा सञ्चालन हुने भएपछि विद्यार्थीहरु निकै उत्साहित छन् ।

  • २७ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech