अस्तु बिर्सजन गर्दा युवा नदिमा बेपत्ता

लोक बहादुर घर्ती

नेपालगञ्ज/आफन्तको अस्तु बगाउँदा राप्ती नदिमा एक युवा बेपत्ता भएका छन् ।

आफ्नो साथीको आफन्तको अस्तु नदीमा बिर्सजन गर्न साथीसँगै गएका नेपालगन्ज १० का सरोज चन्दलाई नदिमा बेपत्ता भएको पाँच दिन बितिसक्दा समेत प्रहरीले फेला पारेको छैन ।

साथीको आफन्तको मृत्यु भए पछि उनी मलामी गएका थिए । मलामीबाट फर्किएपछि अस्तु बिसर्जन गरेर मात्रै घर फर्किने भन्दै साथिकै घरमा बसेका चन्द बुधबार साथिसँगै राप्ती नदि पुगेका थिए । करिब दुई बजेको समयमा राप्ती नदिमा अस्तु बिर्सजन गरिसकेपछि नुहाउनु पर्ने भएपछि उसका साथीहरु नजिकै रहेको धारामा गएका थिए । प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार, सरोज अस्तु बिर्सजन गरेपछि गंगा जल टाउकोमा छर्किनु पर्छ भन्दै राप्ती नदिको छेउमा गएका थिए । उनले हातमा पानी ल्याएर टाउकोमा छर्किदा एक्कासी नदिमा ढलेको बताईएको छ ।

पानी देखेपछि डराउने सरोज नदिमा खसेपछि उनका साथीहरु नजिक पुग्दा उनी नदिको बहावसँगै हराईसकेका थिए । साथी नदिमा हराएपछि घटनाका बिषयमा तत्काल अस्थायी प्रहरी चौकी कम्दीलाई खबर गरेका थिए । घटनाको खबर पाएको केही समय भित्र नदि पुगेको प्रहरीले खोजी गर्दा उनलाई नभेटेएपछि गोताखोरलाई खबर गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको गोदाखोर सहितको टोलीले खोजी कार्य निरन्तर जारी राखे पछि हाल सम्म उनी नभेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी भईरहेको जनाएको छ ।

  • २७ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech