कोभिडको दोश्रो कहरमा बासद्वारा उल्लेखनीय सहयोग

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बासले कोभिड १९ को दोश्रो कहरमा कोभिड १९ प्रतिकार्यका लागि सम्वन्धित निकायलाई बिभिन्न सहयोग गरेको छ । कोभिड १९ प्रतिकार्य अभियान मार्फत बासले उक्त सहयोग गरेको हो ।

जसका लागि नेप्लीज अमेरिकन च्याम्वर अफ कमर्स डालस, टेक्सास अमेरिकाले दुई चरणमा गरि रकम उपलब्ध गराएको थियो । त्यसैगरी अमेरिकामा रहेका गायक कन्हैया सिंह परियारले १ लाख २४ रुपैयाँ सहयोग गरे । यस अभियानमा काठमाण्डौंका प्रकाश आचार्य, रुपा दिक्षित, नेपालगञ्जकी रेजिना ढकाल, खजुराकी पार्वति रिजाल, सफल मोटर पाटैस, नेपालगञ्ज, रेरी चिसापानीले समेत सहयोग गरे ।

यसरी बिभिन्न दाताहरुबाट प्राप्त २० लाख ८० हजार ५ सय २९ रकमबाट डिसिसिएमसि बाँकेलाई १ लाख ४३ हजार ८ सय रकमको लागतमा १२५ वटा पिपिई सेट सहयोग गरिएको थियो । त्यसैगरी डिसिसिएमसि बाँकेलाई ८० हजार ५५ रुपैयाँको लागतमा ४५ वटा अक्सिमिटर बासले सहयोग गरेको थियो ।

यसैगरी नेप्लीज अमेरिकन च्याम्वर अफ कमर्स डालस, टेक्सास अमेरिकाको सहयोगमा बास नेपालले नेपालगञ्ज उपमहानगरपालिकालाई आईसोलेसन निर्माणका लागि १० लाख रकम सहयोग गरेको थियो । जुन रकम कोभिडको समयमा प्रदान गरिएको सबै भन्दा ठूलो सहयोग हो । जुन सहयोग रकमबाट नेपालगञ्ज उपमहानगरपालिकाले बालमन्दिर आईसोलेसन निर्माण गरेको छ । जसको उद्घाटन समेत भईसकेको छ ।

अभियान अन्तरगत बासले नेपालगञ्ज १८ का २८ जना कोभिड संक्रमितलाई अण्डा बितरण गरेको थियो भने वडानम्वर १८ कै कोभिड संक्रमितहरुलाई सावुन, तौलिया, मास्क र सेनिटाईजर बितरण गरेको थियो । जसको लागत २८ हजार ८ सय ४० रुपैयाँ थियो ।

यसैगरी बास नेपालले १५ हजारको लागतमा २ थान सेनिटाईजर मेसिन खरिद गरेको थियो । उक्त मेसिन १ थान नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्र र बासको मास्क बैंकमा जडान गरिएकोथियो ।

बासले वेष्टर्न हस्पिटल नेपालगञ्जका लागि ७४ हजार ४ सय ८० रुपैयाँको लागतमा ३८ वटा पिपिई थान सहयोग गरेको थियो भने डिसिसिएमसि बाँकेका लागि २४ हजारको लागतमा ५० वटा ग्लोव्स सहयोग गरेको थियो ।

यसैगरी बासले अक्सिजन रिफिलका लागि ९० हजार रकम नगद सहयोग गरेको थियो भने टिकापुर अस्पताललाई १ लाख ९६ हजारको लागतमा १०० वटा पिपिई सेट सहयोग गरेको थियो ।

२०० वटा फेस मास्क ९७ हजारमा खरिद गरि कोभिड बिरुद्ध अग्रपंतिमा काम गरिरहेका व्यक्तिहरुलाई बितरण गरिएको जनाएको बासले सुर्खेतको तातापानी स्वास्थ्य चौकी र पञ्चपुरी नगरपालिकालाई ७७ हजार ५ सय बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो भने तातपानी स्वास्थ्य चौकीलाई ९० हजारको लागतमा ६ वटा अक्सिजन सिलिण्डर सहयोग गरेको जानकारी दिएको छ ।

यसैगरी बासले समाज बिकास तथा प्रबद्र्धन केन्द्र नामक बालगृहलाई १८ हजार बरावरको खाद्यान्न, अञ्जनी माता रसोईलाई ८ हजार ५ नगद सहयोग गरेको थियो । बिभिन्न पालिका तथा वडाहरुको लागि २० हजार बरावरको सेनिटाईजर सहयोग गरेको बासले कोभिडको बिषम परिस्थितीमा भेरी अस्पतालमा हेल्थ हेल्प डेस्क सञ्चालन गरि बिरामीहरुलाई सहायता प्रदान गरेको थियो । १ महिना सम्म सञ्चालन गरेको उक्त कार्यक्रमका लागि १ लाख खर्च भएको थियो ।

 

  • २७ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech