पाँच दिने प्रश्तावना तथा प्रतिबेदन लेखन तालिम शुरु

असल शासन प्रतिनिधि

बाँके/गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको आयोजनामा पाँच दिने प्रश्तावना तथा प्रतिबेदन लेखन तालिम भाद्र २७ गते देखि शुरु भएको छ ।

गैससका प्रतिनिधिहरुको क्षमता अभिबृद्धि गर्नका लागि महासंघले उक्त तालिम आयोजना गरेको हो ।

महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको उद्घाटन शर्तमा महासंघकी कार्य समिति सदस्य जयन्ती खत्रीले स्वागत गरेको कार्यक्रममा महासंघका सल्लाहकार शिबलाल पाण्डे लगायतले बोलेका थिए ।

महासंघका सदस्य अभिराज क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा सहभागिहरुका तर्फबाट प्रकाश नेपालीले अपेक्षा मन्तव्य व्यक्त गरेका थिए । तालिममा २५ जना गैससका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

तालिममा गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, सचिव आशिष बर्मा, सल्लाहकार शिबलाल पाण्डेले प्रशिक्षण दिनेछन् ।

  • २७ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech