इन्स्पाईरिङ्ग फोटो बुक विमोचन

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासको लोकप्रिय कार्यक्रम इन्स्पाईरिङ्ग युथको फोटो बुक आज एक कार्यक्रमका बिच बिमोचन गरिएको छ ।
इन्स्पाईरिङ्ग युथ कार्यक्रम सञ्चालन भए देखि दुई सयौं श्रृखलालाई समेटेर उत्त पुस्तक प्रकाशन गरिएको हो । बासको आयोजनामा नेपालगन्जमा आयोजित कार्यक्रममा बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, सल्लाहकार पूर्णलाल चुके र इन्स्पाईरिङ्ग युथ कार्यक्रमका विभिन्न श्रखलाका अतिथि बक्ताहरुले संयुक्त रुपमा पुस्तकको बिमोचन गरेका थिए ।
पुस्तक बिमोचन कार्यक्रममा बोल्दै बासका सल्लाहकार तथा कार्यक्रमका अतिथि पूर्णलाल चुकेले बासले गर्ने हरेक कार्यक्रम प्रभाकारि भएको कारण बास एक अग्रणी संस्थाको रुपमा स्थापित भईसकेको बताए । उनले इन्स्पाईरिङ्ग युथ कार्यक्रम बासको मुख्य कार्यक्रम रहेको भन्दै कार्यक्रमबाट थुपै्र युवाहरुको जिवनमा आमुल परिवर्तन ल्याउन सफल भएको बताए । इन्स्पाईरिङ्ग फोटो बुक एक नयाँ सोचका साथ आएको भन्दै फोटो बुक भोलीका दिनमा ईतिहासको रुपमा रहने विश्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि स्नेहलता श्रेष्ठले इन्स्पाईरिङ्ग युथ कार्यक्रमले उत्कृष्ट कार्य गरेका तर समाजमा लुकेर बसेका ब्यक्तिहरुलाई बाहिर ल्याउने काम गरेको बताईन् । युवाहरुलाई स्वयम् सेवकको रुपमा अवसर प्रदान गर्नु बासको उत्कृष्ट कार्य भएको भन्दै फोटो बुक प्रकाशन गर्नु महत्वपूर्ण उपलब्धीको रुपमा लिएको उनको भनाई थियो ।
बासका निवर्तमान अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा इन्स्पाईरिङ्ग फोटो बुकको बारेमा जानकारी जानकारी बासका कार्यकारी निर्देशक तथा इन्स्पाईरिङ्ग युथ कार्यक्रमका परिकल्पनाकार नमस्कार शाहले गरेका थिए । बासका कार्यवाहक अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, सल्लाहकार पूर्णलाल चुके, इन्स्पाईरिङ्ग युथ कार्यक्रमका विभिन्न श्रखलाका अतिथिहरु स्नेहलता श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासँघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रशाद श्रेष्ठ, गैसस महासँघ बाँके शाखाका सचिब आशिष बर्मा, अधिबक्ता बसन्त गौतम, कोभिड हिरो नरेश बाबु श्रेष्ठ, साहारा हाउसका अध्यक्ष अभिराज क्षेत्री, बरिष्ठ कलाकार श्यामानन्द सिंह, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्र कुमार जोशी, सन नेपाल लाईफ इन्स्युरेन्सका प्रबन्धक कमल शाही, कलाकार जित बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।
युवाहरुलाई लक्षित गरि बासले २०७३ साल जेष्ठ १ गते देखि इन्स्पाईरिङ्ग युथ कार्यक्रम हप्ताको एक दिन नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech