तीज नृत्य प्रतियोगितामा बझाङकी मनिशा उत्कृष्ट

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासले महिला तिज नृत्य प्रतियोगिता २०७८ का बिजेता प्रतियोगिलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरेको छ ।
बास नेपालको आयोजनामा आज नेपालगन्जमा आयोजित कार्यक्रमका बिच संस्थाले बिजेता प्रतियोगिहरुलाई नगद तथा प्रमाण पत्र प्रदान गरेको हो ।


कोभिड १९ को जोखिमका कारण यष बर्ष बासले महिलाहरुका लागि अनलाईन तिज नृत्य प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा निर्णायकले गरेको निर्णय र फेसबुक को लाईक र सेयरको आधारमा उत्कृष्ट छनौट गरिएको थियो । यसरी उत्कृष्ट स्थान हासिल गर्न सफल प्रतियोगिहरुको घोषणा प्रतियोगिताका निर्णायक सुन्दर गुरुङ्गले गरेका थिए । महिला तिज नृत्य प्रतियोगिता २०७८ मा प्रथम स्थान बझाङकी मनिशा सिंह, द्धितिय बर्दियाकी सपना चौधरी, तृतीय कैलालीकी ईशा भण्डारी र सान्त्वना स्थान बाँकेकी बिन्दु कुमारी बिष्टले हात पार्न सफल भएका छन् । यसैगरी प्रतियोगितामा फेसबुक लाईक र सेयरका आधारमा बर्दियाकी आर्जु गुरुङ्गले मोस्ट पब्लीक च्वाईस अवार्ड हासिल गर्न सफल भएकी छिन् । प्रतियोगितामा प्रथम द्धितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल प्रतियोगिलाई क्रमशः नगद १० हजार, ७ हजार, ४ हजार र २ हजार र प्रमाण पत्र प्रदान गरिएको छ भने मोस्ट पब्लीक च्वाईसबाट सम्मानित आर्जु गुरुङ्गलाई नगद २ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगिहरुलाई कार्यक्रमका अतिथि र निर्णायकले नगद र सम्मान पत्र प्रदान गरेका थिए ।


महिला तिज नृत्य प्रतियोगिता २०७८ पुरस्कार बितरण कार्यक्रमका मुख्य प्रायोजक सन्तोष ज्वैलर्सका प्रोप्राईटर सन्तोस गुप्ता र कार्यक्रममा प्रायोजन गर्ने आर्शिवाद पेन्टस नेपालगन्ज, माया बुटिक नेपालगन्ज, किचेन टप रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस नेपालगन्ज र पिके साउण्ड सर्भिस नेपालगन्जलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech