बाँकेको जानकी ६ बालविवाह मुक्त

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नं. ६ बाल विवाह मुक्त घोषणा भएको छ ।
जानकी गाउँपालिका वडा नं. ६ का अध्यक्ष सुरेश यादवको अध्यक्षतामा आज सम्पन्न कार्यक्रमका बिच वडालाई वालविवाह मुक्त घोषणा गरिएको हो ।
बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले गाउँपालिकाका ६ बटै वडा बालविवाह मुक्त भईसकेकाले भाद्र २९ गते गाउँपालिकालाई वालविवाह मुक्त घोषणा गर्ने तयारी भएको बताइन् । उनले समाजमा रहेका कुसंस्कार परिवर्तन गर्न सबै सजक हुनुपर्नेमा जोड दिए । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बलविवाहलाई पूर्णरुपमा निरुत्साहित गर्न सरोकारवाला निकाय सक्रिय रुपमा लाग्नु पर्ने मा जोड दिए ।


सामाजिक सचेतन सरोकार मञ्च (स्याक) बाँकेको सहकार्यमा भएको कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य राजकुमार धोवी, वडा नं. ६ का सदस्य रामनरेश मौर्य, संस्थागत विकास सञ्जालका रणनीतिक सल्लाहकार बालकृष्ण महर्जन, त्रिवेणी विकास समाजका अध्यक्ष द्वारीकला महरा, कार्यक्रम संयोजक मिश्रीलाल यादव, पतिराम थारु लगायतको उपस्थिती रहेको थियो ।

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech