लाखौको अवैध खसी र बेवारिसे सामाग्री बरामद

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँके प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको खसी र वेवारिसे अवस्थामा रहेको लत्ता कपडा बरामत गरेको छ ।
जिल्लाबाट खटिएको प्रहरी टोलीले भाद्र २७ गते नेपालगन्ज १० स्थित भन्सार छली चोरी पैठारी गरी ल्याएको खसी, वेवारिसे अवस्थामा रहेको लत्ता कपडा कुर्ता सुरुवाल, सुपारी, चिनी, गाडी मोटरको पार्ट पुर्जा, सिसाको गिलास लगायतका विभिन्न सामान बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार यसरी बरामद गरिएका सामाग्रहीहरु अन्दाजि मुल्य २ लाख ४६ हजार ४ सय चालिस रुपैया बराबर रहेको र बरामद गरिएका सामाग्रीहरु कारवाहीको लागी भन्सार लाई बुझाएको प्रहरीले जनाएको छ ।

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech