गुडिरहेको बसमा ढुंगा खस्दा एकको मृत्यु तीन घाइते

भुबि बिष्ट

बैतडी / गुडिरहेको रात्री बसमा ढुंगा खस्दा एक जना यात्रुको घट्ना स्थलमै मृत्यु भएको छ ।
सोमबार राती करिब साडे एक बजे महेन्द्रनगरबाट बझाङ गइरहेको सुप २००१ ख ११५६ नम्बर को बसमाथीबाट ढुङ्गा खस्दा बझाङको थलारा गाउँपालिकाका अन्ताजी २० वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।
खोडपे बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पाटन नगरपालिका वडा नम्बर ८ को झौलेक मोडमा भएको उक्त दुर्घटनामा परि अन्य ३ जना यात्रु घाईते भएको खोडपे प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले बताए । उनका अनुसार घाइते हुनेहरुमा बझाङ कै जयपृथ्बी नगरपालिकाका ४० वर्षीय हरी प्रशाद जोसी, ३६ वर्षीय नवराज खड्का र बस साहु धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का २८ वर्षीय माधव प्रशाद खड्का रहेका छन् । घाईतेको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको बताईएको छ ।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech