कक्षा १२ को परीक्षा आज देखि सञ्चालन हुदै

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोभिड सक्रमणका कारण दुई पटक मिति तय गरी स्थगित हुदै आएको कक्षा १२ को परिक्षा आज देखि सञ्चालन हुदैछ ।
राष्ट्रिय परीक्षा बोर्डले आज विहान ११ बजे देखि देश भरी परिक्षा सञ्चालन हुने जनाएको छ । कोभिड सक्रमणलाई ध्यानमा राखि परीक्षा बोर्डले यस पटकको परिक्षा होम सेन्टरमा गर्ने र देशभरी ४ हजार ३ सय १५ परीक्षा केन्द कायम गरिएको जनाएको छ । यस बर्षको परिक्षा सय पूर्णाकमानै गरिने परिक्षा बोर्डले जनाएको छ ।
सबै परीक्षा केन्द्रले हेल्थडेक्स राख्नुपर्ने, ज्वरो परीक्षण गरेर मात्र विद्यार्थी प्रवेश गराउनुपर्ने, अनिवार्य रुपमा सेनिटाइजर र मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने एउटा कक्षामा २५ जनामात्रै विद्यार्थी राख्ने गरी तयारी गर्न सबै केन्द्रलाई परीक्षा बोडैले यस अघि नै निर्देशन गरीसकेको छ ।
कोभिड सक्रमित बिद्यार्थीको हकमा पनि परीक्षा बोर्डले परिक्षा दिन पाउने ब्यवस्था गरेको छ । बोर्डले दिएको जानकारी अनुसार नियमित परिक्षा सकिएपछि सक्रमित बिद्यार्थीको लागि अर्को सूचना जारी गरिने छ । उत्त परिक्षामा सहभागिता जनाउन कोभिड सक्रमण भएको प्रमाण उपलब्ध गराउनुपर्ने परीक्षा बोर्डले स्पष्ट पारेको छ ।
यसअघि पहिलो पटक जेठ २६ देखि असार ४ गतेसम्म र दोश्रो पटक साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरिएको थियो । आज देखि शुरु भएको परीक्षा असोज ८ गतेसम्म चल्नेछ ।

 

  • ३० भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech