घाँटी रेटेर शिक्षकको हत्या

असल शासन प्रतिनिधि

दैलेख / दैलेखमा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ ।
दैलेखको गुरास गाउँपालिका वडा नम्बर ८ का ४१ बर्षिया शिक्षक नगेन्द्र बिसीको सोमबार राती हत्या भएको हो । प्राप्त जानकारी अनुसार बिसी सोमबार राती ११ बजे सम्म गाउँकै एक किराना पसलमा बसिरहेका थिए । राती ११ बजे पछि उनको हत्या गरीएको हुनसक्ने स्थानीयहरुले आशंका गरेका छन् । साझँ घर बाहिर निश्किएर घर नफर्किएका बिसीको बिहान नजिकै रहेको बिद्यालयको बरण्डामा शब भेटीएको थियो । बिहानै दुध पु¥याउन आएका स्थानीयहरुले उनको लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए । घट्नाको प्रारम्भिक अनुसन्धानबाट उनको घाँटी रेटेर हत्या गरीएको प्रहरीले जनाएको छ । मृत शिक्षकको शब पोष्टमार्टमका लागी जिल्ला अस्पताल दैलेख लगिएको छ । घट्नामा संलग्न रहेको भन्दै शंकास्पद दुई जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीले घट्नाको थप अनुसन्धान भईरहेको बताएको छ ।

  • ३० भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech