सामी परियोजनाको समिक्षा तथा नयाँ कार्ययोजना बारे छलफल

असल शासन प्रतिनिधि

नेपालगन्ज / इनरुडेक कोहलपुरद्धारा सञ्चालीत सामी परियोजनाको परियोजना समिक्षा तथा नयाँ कार्ययोजना बारे समन्य बैठक भएकाे छ ।
नेपालगन्ज उपमहानगरपालिकामा भाद्र २९ गते परियोजना समिक्षा तथा नयाँ कार्ययोजना बारे समन्य बैठक भएको हो । बैठकमा परियोजना मार्फत हाल सम्म भएका क्रियाकलापको प्रभावकारिता र चुनौतीका बारेमा छलफल गरिएको थियो । सो क्रममा परियोजनाले हाल सम्म बैदेशिक रोजगारबाट फर्किएका र बैदेशिक रोजगारमा रहेका ब्यक्तिहरुको आफन्तलाई मनोपरामर्श र बित्तिय साक्षरता परामर्श जस्ता सेवा प्रदान गर्दै आएको सामी परियोजना संयोजक मिना चौधरीले जानकारी दिईन् ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा भएको बैठकले चालु आर्थिक बर्षमा नेपालगन्ज उपमहानगरपालिकामा लक्षित वडा छनौट र नयाँ कार्ययोजना तयार गर्ने बिषयमा समेत छलफल गरेको थियो । बैठकले नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १९,२० र २२ लाई प्राथमिकतामा राखेर काम गर्ने निष्कर्ष निकालेको छ । बैठकको समापन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले सामी परियोजनाबाट स्थानिय स्तरमा केही नयाँ कार्यको थालनी गर्न चाहने महिला समुहलाई नेपालगन्ज उपमहानगरपालिका बाट सिप बिकासका लागि मागमा आधारित तालिमको व्यवस्था गर्ने प्रतिबद्धता गरिन् ।
बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, वडा नं. १२ का अध्यक्ष बुद्धिसागर सुबेदी, रोजगार शाखा संयोजक सरोज हरिजन लगायत शाखा प्रमुखको सहभागिता रहेको थियो ।

  • ३० भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech