भेरीमा हाम फालेकी महिला अझै बेपत्ता

तपेन्द्र बहादुर मलाती

सुर्खेत / बिहिबार कालिकोटकी एक महिला भेरी नदिमा हाम फालेर बेपत्ता भएकी छिन् ।
कालिकोटको तिलागुफा नगरपालिका स्थायी घर भएकी करिब ३० बर्षिया अमला परियारले भेरी नदिमा हाम फालेकी थिईन् । शुरुमा परिचय खुल्न नसकेपनि पछि गएर उनी सुर्खेत बस्दै आएको जानकारीमा आएको थियो । प्राप्त जानकारी अनुसार आफ्नो कपडा, मोबाइल र चेकसहितका सामानहरु बोकेर भेरी नदिको किनारामा छाडेर नदिमा हाम फालेकी थिईन्। नदिको किनारामा केहि कपडा र कागज भेटाएपछि स्थानीयहरुले प्रहरीचौकी सुब्बाकुनालाई खबर गरेका थिए । प्रहरीले प्राप्त कागजातको आधारमा महिलाको पहिचान बाहिर ल्याएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक कनक शाहीले मृत महिला विगत १० बर्ष देखि सुर्खेतमा बस्दै आएको र उनले सिलाई कटाई तालिम सिकिरहेको जानकारी भएको बताएको छ । केही समय देखि मानसिक अवस्था ठिक नभएका कारण उनले औषधि समेत सेवन गरिरहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरी निरिक्षक शाहीले घट्नाको थप अनुसन्धान भईरहेको र बेपत्ता महिलाको शब खोजीको काम चलीरहेको बताएको छ ।

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech