प्याब्सन नेपालगन्जको अध्यक्षमा बिकास चयन

असल शासन प्रतिनिधि

नेपालगन्ज / प्याब्सन नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको दोस्रो अधिवेशनले बिकास बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपालगन्जमा शनिवार सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा नरेन्द्र श्रेष्ठ, सचिबमा मान बहादुर थापा, सहसचिबमा हेमन्त राज काफले, कोसाध्यक्षमा बिज्ञान शाह र सह कोषध्यक्षमा मनहोर चन्द भएका छन्। यसैगरी समितिको बरिस्ठ सदस्यमा बिक्रम राज बिस्ट र सदस्यहरुमा क्रमशः बद्रे आलम खान, पवन गौतम, भिम तिमिल्सिना र नमराज शर्मा चयन भएको नव निर्वाचित सह सचिब हेमन्तराज काफ्लेले असल शासनलाई बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा विशिष्ट अतिथी जिल्ला शिक्षा समन्वय एकाई प्रमुख राम सुरेस यादब, प्याब्सनका केन्द्रिय प्रगिक सल्लाहकार राजेश केसर खनाल, अतिथी प्याब्सन लुम्बिनी प्रदेश उपाध्यक्ष ॠसिकेश जिसि, प्याब्सन जिल्ला अध्यक्ष राजेन्द्र आचार्य, बिना मल्ल, हिसान केन्द्रिय उपाध्यक्ष ईस्वर पोख्रेल,अर्बिन्द मिश्रा, आरके गौतम, शशी स्वार, पारिजात घोस लगायतको उपस्थिती रहेको थियो ।

  • २ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech