संविधान दिवसको अवसरमा गाउँपालिका परिसर सरसफाई

असल शासन प्रतिनिधि

नेपालगन्ज / संविधान दिवसको अवसरमा खजुरा गाउँपालिकाले कार्यालय परिसर भित्र सरसफाई गरेको छ ।
कार्यालय परिसरमा रहेको सबै प्रकारको फोहोर ब्यवस्थापनका लागि कार्यालयका कर्मचारीहरु बिहानै कार्यालय परिसरमा उपस्थित भएका थिए ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनिराम खराल, योजना शाखा प्रमुख दिल बहादुर पौडेल, रोजगार संयोजक प्रतिक्षा न्यौपाने लगायत शाखा प्रमुख तथा कर्मचारीहरु उक्त सरसफाई कार्यक्रममा सहभागि भएका थिए ।

कार्यालय परिसरमा झाडु लगाउने, कार्यालय परिसरमा रहेका गमलाहरु सफा गर्ने, फोहोर संकलन गरि बिर्सजन गर्ने, विरुवा लगाउने र बिरुवामा पानी हाल्ने लगायतका कार्यहरु गरिएको खजुरा गाउँपालिकाका रोजगार संयोजक प्रतिक्षा न्यौपानेले असल शासनलाई बताए ।

  • ३ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech